तनहुँ । भिमाद नगरपालिका–८ अरौदीका युवाले सडक बत्ति जडान गरी गाउँ नै उज्यालो बनाएका छन् । तिहारका बेला सडक बत्ति जडान गरेर युवाहरुले गाउँलाई नै झिलिमिलि बनाएका हुन् ।
अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ति जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले जानकारी दिए । २० ठाउँमा सडक बत्ति राखिएको उनले बताए । सडक बत्ति खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ ।
सडक बत्ति जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ ।