काठमाडौं। हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ। कम्पनीले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्साभेटर ६० गुणा कम मूल्यमा उपलब्ध गराउने भएको हो।
नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् । यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा छन् ।
‘हुन्डाई स्मार्ट प्रमिस’ का हरेक एक्साभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ । साथै, हुन्डाई मेन्टिनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्साभेटरहरूमा ६ महिना, नौ महिना वा नौ महिनाको निस्शुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौं, हेटौँडा र बुटवलका शोरुमहरूमा उपलब्ध छन् । ग्राहकले आफूलाई सहज हुने स्थानबाट लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।