काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नयाँ भवन निर्माण गर्ने भएको छ। अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको हो।
हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ ।
तीन अर्ब रुपियाँको लागतमा निर्माण हुन लागेको भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । यसअघि सरकारको प्राथमिकतामा नपरेको सरुवा रोग अस्पताल कोभिड–१९ महामारीपछि केन्द्रमा तीन सय शय्या र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने योजना बनाइएको थियो । नयाँ भवन निर्माण गर्न पुराना भवन भत्काइने बताइएको छ। उपचारका लागि अस्थायी संरचना निर्माण गरिनेछ । नयाँ भवन छ तलाको हुनेछ ।