फाइल तस्बिर
चितवन। नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम सुरु भएको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण हुन लागेको हो ।
तटबन्धनसहित मेघौलीको गोलाघाटसम्म नदी नियन्त्रणका लागि काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरले जनाएको छ । निर्माण हुने क्षेत्रमा तारजाली, कङ्क्रिट, ठूला ढुङ्गाको प्रयोग हुने छ।
नारायणी नदीले चितवनको मङ्गलपुर, गुञ्जनगर, मेघौलीलगायतको क्षेत्रमा जमिन कटान गरेर बस्ती जोखिममा पार्दै आएको थियो । बर्षातको समयमा नारायणी नदीले खेतीयोग्य जमिन कटान गर्दै मानव बस्तीमा प्रवेश गर्न थालेपछि तटबन्धनको माग वर्षौंदेखि हुँदै आएको थियो । गत वर्षबाट तटबन्धनका लागि बोलपत्र आह्वान गरी सम्झौता भए पनि काम सुरु नभएकोमा केही हप्ताअगाडिबाट काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ। अहिले चितवनको मेघौली क्षेत्रबाट काम भइरहेको छ ।
कार्यालयले दिएको जानकारीअनुसार पाँचवटा ठेक्काबाट काम भइराखेको छ ।