काठमाडौं। सुपर हेवा पावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले साढे ११ करोड बढीको सेयर जारी गर्ने भएको हो।
जसका लागि जलविद्युत कम्पनी र सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटबीच सम्झौता भएको छ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका तर्फबाट अध्यक्ष हर्कबहादुर तामाङले हस्ताक्षर गरेका छन्।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले ११ करोड ५४ लाख ३६ हजार बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर गर्ने भएको हो।
सुपर हेवा पावर कम्पनीले संखुवासभाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।