काठमाडौं। पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो।
काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएको हो। विमानमा ६८ जना यात्रु सवार रहेकाे बताइएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाकी छ।

