काठमाडौं। धादिङको रुबी भ्यालीमा १९ मेगावाटको तातोपानी खोला जलविद्युत आयोजना निर्माण गरिने भएको छ। हनुमान हाइड्रोपावर कम्पनी प्रालिले आयोजना निर्माण गर्न लागेको हो।
ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले शनिबार सूचना जारी गर्दै साबिक लापा र सेर्तुङ हालको रुबी भ्याली–४ र ५ मा पर्ने क्षेत्रमा उक्त आयोजना निर्माण प्रस्तावित रहेको जनाएको छ।
तातोपानी खोलामा उक्त आयोजना निर्माण गर्दा उक्त क्षेत्रमा कुनै प्रतिकूल असर पर्न जाने देखिन्छ भने ३५ दिनभित्र राय(सुझाव दिन विभागले सरोकारवालालाई आग्रह गरेको छ।
बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको जडित क्षमता १९ मेगवाट रहने प्रस्तावमा छ। यसको डिजाइन बहाव २.४९ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९४०.० मिटर रहने छ। आयोजनाबाट वार्षिक सरदर ११२.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ।
आयोजनाको मुख्य संरचना तातोपानी खोलाको बायाँ किनारमा हुनेछ भने हेडवर्क्स रुबी भ्याली–४ र ५ मा हुनेछ। उत्पादित विद्युत प्रस्तावित १३२/३३ को बोराङ सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने सूचनामा उल्लेख छ। निर्माण सुरु भएको ४८ महिनापछि उत्पादन थाल्ने प्रस्तावित योजना छ। विजमाण्डूुबाट