काठमाडौं। मायाखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। कम्पनीले माघ १३ देखि १७ गतेसम्म सेयर जारी गर्ने भएको हो।
यसअघि कम्पनीले स्थानीय प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको ३४ प्रतशित सेयर जारी गर्ने छ।
यसमध्ये १० प्रतिशत सेयर प्रभावितलाई बिक्रीमा राखेको थियो। त्यसबाट केही प्रतिशत सेयर बिक्री हुन बाँकी नै थियो। बिक्री नभएको समेत गरेर कम्पनीले अब १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।