काठमाण्डौं। नेपाल र बंगलादेशको भर्चुअल रुपमा सम्पन्न भएको तेस्रो बैठकमा जलाशययुक्त जलविधुत आयोजना सुनकोसी-३ निर्माणमा संयुक्त लगानी गर्ने सहमति भएको छ । डिसेम्बर अगाडी नै निर्माणको प्रकृया र ढाँचाको बारेमा छलफल हुनेछ । तयार भएको ५ वटा योजना मध्ये २ वटामा छलफल गर्दा सुनकोसी-३ निर्माणमा लगानी गर्ने निर्णय भएको हो । खिम्ती शिवालय जलविधुत आयोजना निर्माणकार्य पुरा हुन डेढ वर्ष लाग्नेछ भने सुनकोशी-३ जलविधुत आयोजनाको विस्तृत अध्ययन डेढ महिनाभित्र पुरा हुनेछ ।
बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र नेपाल विधुत प्राधिकरणले सुनकासी-३ मा रुपमा संयुक्त लगानी गरी निर्माण प्रक्रियालाई अगाडी बढाएपछि बंगलादेशलाई आफ्नो देश विजुली लान सजिलो हुन्छ ।
नेपाल र बंगलादेशको बैठकमा भविश्यमा नेपालबाट विजुलि निर्यात गर्न संयुक्त रुपमा पहल गर्ने र हाल बंगलादेशसँग विधुत ब्यापार गर्नको लागी भारतीय प्रणाली उपयोग गर्ने साथै पछि छुट्टै प्रसारण लाइन बनाउन त्रिदेशीय बैठक राख्न पहल गर्ने सहमति भएको छ ।नेपाल र बंगलोशले विजुलिको ब्यापार गर्न लाग्नुको कारण भारत विधुत मन्त्रालयले १८ डिसेम्बर २०१८ मा सीमापार विधुत ब्यापार निर्देशिका तयार पारी विधमान प्रसारण प्रणाली उपयोग गरी विधुत कारोबार गर्न खुकुलो बनाउनु हो ।
त्यस्तैगरी बैठकमा आ–आफुसँग भएको ज्ञान र अनुभवलाई एक अर्कासँग साटासाट गर्ने पनि सहमति भएको छ । बंगलादेशको कुल जडित क्षमताको एक प्रतिशत मात्र नवीकरणीय ऊर्जा छ जसले गर्दा त्यहाँ नवीकरणीय ऊर्जाको तीव्र रुपमा आवश्यक रहेको छ । त्यसैले गर्दा नेपालसँग संयुक्त रुपमा जलविधुत आयोजनामा लगानी गर्ने सहमती भएको हो ।