रुकुम पूर्व। रुकुम गाड जलविद्युत् परीक्षणको तयारी हुने भएको छ। आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षणको तयारी हुने भएको हो।
सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको छ। निर्माण कम्पनीका अनुसार आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावर हाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको हो। यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कम्पनीले जनाएको छ।
कम्पनीले माघको २० गते आयोजनाको परीक्षण कार्य सुरु गरिने बताइएको छ। रुकुम गाड जलविद्युत् आयोजनाको लागत खर्च एक अर्ब ३० करोडको हाराहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट सुरु भएको यो काम पाँच वर्षमा सम्पन्न भएको थियो ।