डोटी। बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएको छ। कुलो निर्माण भएपछि किसान खुसी भएका छन्।
वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि किसान खुसी भएका हुन् । सिंचाइको अभावमा आकाशे पानीको भरमा किसानले खेती गर्दै आएका थिए ।
धामिगाउँवासीले पहिलो पटक सुविधा पाएपछि सिँचाइको उपयोग गर्न थालेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक सय २० मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको स्थानीयले बताए। गाउँपालिकाबाट सिँचाइ कुलो निर्माण गर्न करिब रु दुई लाख लगानी भएको थियो ।
सिँचाइ कुलो निर्माण भएपछि करिब नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकाले उत्पादनसमेत वृद्धि हुने उनिहरु बताएाछन्। वर्षैंदेखि बाँजो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रका किसानले थप बाध निर्माण र सिँचाइ कुलोलाई पक्की गराउन थप बजेटमाग गरेका छन्।