काठमाडौं। ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको २३ हजार कित्ता सेयर बिक्री आव्हान गरेको हो।
सेयर बोलकबोलबाट बिक्री गर्ने कम्पनीले जनाएको छ। जो कोही व्यक्ति अथवा कम्पनीले सो सेयरका लागि आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकले पनि बोलकबोलमा भाग लिन सक्ने कम्पनीले जनाएको छ।
सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३५० रुपैयाँ तोकिएको छ। अंकित मूल्य भन्दा कममा आवेदन दिन पाइनेछैन। यस्तै, न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनु पर्ने छ।
हिजोदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा माघ २० गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फारम बैंकको बिक्री प्रबन्धक एनआईसी क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।