काठमाडौं। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि साधारण सेयर जारी गरेपछि आम सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेकोछ।
कम्पनीले आजबाट माघ १७ गतेसम्म सेयर जारी गर्ने छ।
कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याएको हो।
१०० रुपैयाँ अंकित दरका सेयरमध्ये रोजगारीमा गएका, प्रभावित, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरिसकेको छ।
आम सर्वसाधारणले १९ लाख ९२ हजार कित्ता सेयरका लागि दावी गर्न पाउने छन्। एक जनाले कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्छन्।