धनकुटा। महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माण सुरु गरिएको १५ शय्याको अस्पतालको काममा ढिलाइ भएको छ। आगामी ६ महिना मात्र समयबाँकी हुँदा निर्माण कम्पनीले बल्ल एउटा भवनको जग हालिेको हो।
नेपाल सरकारको १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौंले ठेक्का पाएको थियो ।
निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । जसअनुसार कम्पनीले अब ६ महिना अर्थात् २०८० असार २६ सम्ममा दुवै भवन निर्माण गरिसक्नुपर्नेछ । तर दुई वटामध्ये २४ कोठे एउटा भवनको मात्रै जग हालिएको छ । अर्को भवनको जग खन्ने काम मात्र भएको छ ।
निर्माण व्यवसायी काम चाँडो गर्न पहल गर्दा पनि बेवास्ता गरेको महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालको भनाइ छ।