दाङ। दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो ।
अब औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । सरकारले तीन वर्षअघि घोषणा गरेको औद्योगिक क्षेत्रलाई कार्यान्वयनका लागि जग्गा नापीको काम सुरु भएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले जनाएको छ।
सुरुमा करौँतीडाँडामा ८६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो तर उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना स्थापनका लागि जग्गा कम हुने भएपछि घोराही उपमहानगरपालिका–३ र ५ को खुला क्षेत्रलाई समेटेर औद्योगिक क्षेत्र निर्माणको प्रक्रियालाई अगाडि बढाइएको संघले जनाएको छ।
अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा बस्ती कम रहेको, सहरी क्षेत्रबाट टाढा रहेको, वन क्षेत्र भए पनि थोरै रुख बिरुवा रहेको, पानी, सडक र विद्युत्को सहज सुविधा भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ रहेको छ।