काठमाडौं। जगदुल्ला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने भिर फुटाउने जिम्मा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिले पाएको छ। १० करोड २६ लाख लागतमा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि पाएको हो।
जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड निकालेको ठेक्का कम्पनीले हात पारेको छ। पहुँचमार्गमा पर्ने भिर फुटाउन निकालिएको ठेक्कामा शेर्पा हाइड्रो कन्स्ट्रक्सन र कङग्री।एडी जेभी प्राविधिक प्रस्तावमा पास भएका थिए। आर्थिक प्रस्तावमा शेर्पा हाइड्रो छनोट भएर ठेक्का पाएको हो। कम्पनीका अनुसार एक वर्षमा काम सक्नुपर्ने गरी जिम्मा दिइए छ।
अहिले जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणको काम भइरहेको छ। पूर्वाधार विकास कार्यालय डोल्पाले ४५ किमी पहुँचमार्ग निर्माण गरिरहेको हो। करिब ५ किमी ट्रयाक खोल्न बाँकी छ।
८.५ किमी खण्डमा ६ वटा ठुला ठुला भिरहरु रहेका कम्पनीले जनाएको छ। ब्रेकर लगाएर फुटाउन नसकिएपछि बिष्फोटक पदार्थ प्रयोग गरेर भिरहरु फुटाउन लागिएको हो। डोल्पाको त्रिवेणीदेखि इल्लासम्म पहुँचमार्ग निर्माणको काम भइरहेको बताइएको छ।