काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने भएको छ। आगामी फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याएको छ। २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई सुरक्षित गरिएको छ।
यसबाहेक १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५ सय ७० कित्ता कर्मचारीलाई छुट्याएको छ।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्। १०० रुपैयाँ अंकित दरको सेयरमा कम्तिमा १० र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिने छ।