काठमाडौं। दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण सुरु गरिएको छ। उक्त क्षेत्रको दुर्गम बस्तीका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न सो अस्पताल भवन निर्माण सुरु गरिएको हो।
सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।
नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट रु सात करोड ११ लाखको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ।
स्थानीयस्तरमै अस्पताल निर्माण भएपछि लामो दुरिको बाटो भएर र धेरै खर्च गरेर अस्पताल जानु पर्ने बाध्यता हट्नेमा स्थानीय ढुक्क भएका छन्।