धनुषा। जनकपुरधाम उपमहानगरपालिकाले सवारी पार्किङ स्थल निर्माण कार्य अघि बढाएको छ। पर्यटकका लागि पार्किङ गर्न समस्या देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाले वडा ८ स्थित खाली रहेको गुठीको १२ कठ्ठा जग्गा लिजमा लिएर पार्किङ्स्ल निर्माण गर्न लागेको हो।
शुक्रबार एक कार्यक्रमबीच जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह र वडा नं ८ का अध्यक्ष दिनेश सिंहले संयुक्त रूपमा पार्किङको शिलान्यास गरेका छन्। पार्किङस्थल करिब ३ करोड लागतमा निर्माण हुने बताइएको छ।
यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख रकम विनियोजन गरेको छ । यस आर्थिक वर्षमा माटो पुर्ने कामदेखि बाउण्डरी वाल गर्नेसम्मको काम हुने छ। दुई वर्षमा निर्माण कार्य सक्नेगरी कामकाज अघि बढाइने बताइएको छ।