पाकिस्तान सरकारले हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिएको छ। चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो।
यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण सीडीए ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो। उक्त निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो।
राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले दशमलब ५ एकड भूमि छुट्टाएको थियो। अब मन्दिर निर्माण हुने कुराले हिन्दुलम्बीहरु उत्साहित भएका छन्।