कञ्चनपुर। शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण हुने भएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा ४ करोड लागतमा शिक्षालयको तीन तले भवन निर्माण गर्न सुरु भएको हो।
चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउण्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयले जनाएको छ।
आगामी असोज महिनाभित्रै निर्माण कार्य पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका भइ निर्माण कार्य सुरु भएको छ। निर्माण भइरहेको शिक्षालयको भवनमा ११ वटा कक्षा कोठा, शौचालय हुने छन् ।
निर्माण भइरहेको भवन पूर्णरुपम भूकम्प प्रतिरोधी हुने बताइएको छ। शिक्षालयको आफ्नो भवन नहुँदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि ९ बिघा ७ कट्ठा जग्गा उपलब्ध गराइएको छ ।