काठमाडौं। यातायात मजदुरले आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।
यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।
नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।
यातायात मजदुरले हिजाे बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका थिए। उनीहरूले प्रहरीका दुईवटा भ्यान पनि जलाएका थिए भने आज उपत्यकामा सबै सवारी साधन सञ्चालनमा राेक लगाएका छन्।
आन्दोलनका यातायात मजदुरमाथि हातपात समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

