धनगढी। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गरेका छन्।
साेमबार बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त विज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।
साेमबारबाट सुरु हुने कञ्चनपुर महोत्सब उदघाटन गर्न गएका प्रधानमन्त्री प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।
उनी साेमबार नै काठमाडौं फर्किएका छन्। प्रधानमन्त्रिमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदुरपश्चिम भ्रमणमा गएका हुन्।
