म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ति जडान गरिएको छ। मन्दिरमा चढेको भेटीबाट म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ति जडान गरिएको हो।
रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ।
उक्त सडक बत्तीको उद्घाटन गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माघवप्रसाद रेग्मीले गरेका हुन्। भक्तजनले चढाएको भेटीमध्ये २ लाख ३० हजार ७५० रुपैयाँ खर्चमा ५५ वटा सडक बत्ती जडान गरिएको बताइएको छ।