स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिका–२ ज्यामिरेमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ। एक करोड २७ लाखको लागतमा ज्यामिरेमा स्थानीयले बहुउद्देश्यीय भवन निर्माण गरेका हुन्।
निर्माण सम्पन्न भएको भवन हालै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन्।
१० वर्षको प्रयासमा सरकारको सहयोग र चन्दा सङ्कलनमार्फत निर्माण शुरु भएको तीन वर्षभित्र भवन निर्माण सम्पन्न भएको स्थानीयको भनाइ छ। एक रोपनी ११ आना एक पैसा दुई दाममा फैलिएको बहुउद्देश्यीय भवनका लागि संसद् विकास कोषबाट पाँच लाख, वडा कार्यालयको छ लाख २५ हजार, गण्डकी प्रदेश पर्यटन मन्त्रालयको दुई आर्थिक वर्षमा २० लाख गरी ३१ लाख २५ हजार सहयोग भएको छ।
यस्तै, नौ लाख ८८ हजारको श्रमदान गर्दा ८६ लाख २३ हजार देश तथा विदेश रहेकाबाट चन्दा सङ्कलन गरिएको निर्माण समितिले जनाएको छ।