कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन लागेको हो ।
खुला मञ्चमा निर्माण हुने शौचालयका लागि रु १६ लाख र वनसमिति बजारमा निर्माण हुने शौचालयका लागि सात लाख बजेट विनियोजन गरेको छ । यसका लागि जग्गा पहिचान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले बताएको छ।
उक्त सौचालय निर्माणबाट बजार क्षेत्रका बासिन्दासँगै सर्वसाधारण लाभान्वित हुने विश्वास गरिएको छ। शौचालय नहुँदा बजार क्षेत्रमा आउने सर्वसाधारणले वनसमिति बजार नजिकैको वन क्षेत्रमा शौच गर्दै आएका छन् ।
यसबाट बजार क्षेत्र दुर्गन्धित हुँदै आएको छ । यसैगरी, खुला मञ्चमा सार्वजनिक कार्यक्रम हुँदा दिसापिसाबका लागि सर्वसाधारणले नदी छेउ पुग्नुपर्ने अवस्था छ शौचालयमा सरसफाइ कर्मचारीको व्यवस्था गरिने भएको छ ।