काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरुले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा ५ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
कालोसूची अवधिभर (दुई वर्षसम्म) यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नपाउने समेत कार्यालयले जनाएको छ। कालोसूचीमा राखिएका कम्पनीहरुमा इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ड क्राफ्ट, मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन, गुण निर्माण सेवा, जय गढीमाई निर्माण कन्स्ट्रक्सन र कल्पना कन्स्ट्रक्सन छन्।