काठमाडौं। उपत्यका निर्माण व्यवसायी संघको अधिवेशनका लागि वर्तमान महासचिव शान्ताकुमार श्रेष्ठको अध्यक्षतामा टिम घोषणा भएको छ।
बुधबार बानेश्वरमा कार्यक्रम गरी तीन वर्षे कार्यकालका लागि वर्तमान महासचिव श्रेष्ठको अध्यक्षतामा टिम घोषणा गरिएको हो।
श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का, द्वितीय उपाध्यक्ष टिकाराम सुवेदी, महासचिव ईश्वरराज पन्तले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै संघको नीतिगत उपमहासचिवमा कृष्ण केसी (कृष), आन्तरिक उपमहासचिव एन प्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह कोषाध्यक्षमा संजीव शाक्यले उम्मेदवारी घोषणा गरेका छन्।
संघको अन्य ९ जना सदस्य भने केही दिनमै घोषणा गर्ने बताइएकाे छ । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण कार्यमा भइरहेको समस्या लगायत साना निर्माण व्यवसायीहरुको हकहितका लागि आफू सँधै लागि पर्ने बताए ।
संघको नवौं साधारण सभा तथा चुनावी कार्यक्रम आगामी फागुन १४ गते हुँदैछ।