वीरगञ्ज। वीरगञ्जको पर्सागढी नगरपालिकामा मानव सेवा केन्द्र बन्ने भएको छ। पर्सागढी–३ मा १७ लाख लागतमा बन्ने मानव सेवा केन्द्रको गत बुधबार नगरप्रमुख गोकर्ण पाठकले शिलान्यास गरेका छन्।
दुई कोठे भवन निर्माणको लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७९ र ०८० मा १२ लाख र आमोदेवि मानव सेवा केन्द्रले ५ लाख रुपैँया बजेट विनियोजन गरेका छन्।
केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीका अनुसार जेष्ठ नागरिक तथा सहाराविहीन व्यक्तिलाई आवासको व्यवस्थापन गर्नको लागि भवनको निर्माण गर्न लागेको हो । हाल कार्यालयको लागि भवन निर्माण भइरहेको उनले बताए । उनले शिलान्यास गरिएको दुई कोठा स्टोर र कार्यालयको लागि प्रयोगमा आउने जानकारी दिए ।
केन्द्र निर्माणको लागि २०७७ मा लगाएको महायज्ञबाट १९ लाख रुपैयाँ बचत भएको थियो । केन्द्रले उपभोग गर्नेगरी १५ कठ्ठा १६ धुर जमिन छुट्याएर राखेको छ । जसमा पालिकाले गत बर्ष १० लाख रुपैयाँ खर्च गरेर तारजाली लगाएर घेरिदिइसकेको बताइएको छ।