काठमाडौं। हनुमान ढोकास्थित ऐतिहासिक सम्पदा आगम्छे घर पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको सो घरको पुनःनिर्माण गरिने भएको हो।
उक्त ऐतिहासिक आगम्छे घरको पुनःनिर्माण नहुँदा मोहन चोक, सुन्दरी चोक, कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम पनि अघि बढ्न सकेको थिएन ।
रोकिएका काम जनसहभागिता जुटाएर अघि बढाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ। विश्वसम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले ७५ सम्पदा क्षतिग्रस्त भएका थिए ।
चौध सम्पदाको पुनःनिर्माण जारी रहेको बताइएको छ। हनुमानढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौतले दरबार, बसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारको सहयोगममा पुनःनिर्माण गरिएका छन् ।