काठमाडौं। माईखोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन २५ देखि चैत ९ गतेसम्म सेयर जारी गर्ने भएको हो।
कम्पनीको सेयरमा प्रभावितले न्यूनतम १० र अधिकतम १० हजार कित्ताका साथै रोजगारीमा गएकाले १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन्। कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ छ।