काठमाडौं। माथिल्लो मैलुङखोला जलविद्युतले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न फागुन ३ गते बोर्डमा निवेदन दिएको हो।
बोर्डबाट आइपीओ निष्कासन तथा बिक्री अनुमती पाएपछि कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासनका तथा बिक्री गर्ने छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले सो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणहरुका लागि बिक्री गर्ने छ।