स्याङ्जा। स्याङ्जा सदरमुकाममा व्यवसायीको संयुक्त लगानीमा पहिलो पटक सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा ल्याईएको छ। स्थानीय एक दर्जन व्यवसायीको ६ करोड ५० लाखको संयुक्त लगानीमा सहयात्री नामको पार्टी प्यालेस संचालनमा ल्याईएको हो।
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका ३ र ४ को सिमानामा रहेको गुणीखोला किनारामा झण्डै ४ रोपनी जग्गामा निर्माण गरिएको पार्टी प्यालेसमा स्वीमिङ्ग पुल सहित ३ सय जना अट्ने सुविधा सम्पन्न ब्याङ्केट हल निर्माण गरिएको छ। सो प्यालेसमा आउटडोर र इनडोर गरी ४२ जना अट्ने टिम्स रेष्टुरेन्ट सहितको ४ वटा लक्जरियस रुम तयार गरिएको छ। त्यस्तै आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पार्टी प्यालेस संचालनमा ल्याएको संचालक एकनारायण मरासिनीले जानकारी दिएका छन्।
जिल्लामै सुविधा सम्पन्न मानिएको पार्टी प्यालेसमा आन्तरिक र भारतीय पर्यटकहरु पोखरा आउजाउ गर्दा सुविधा उपयोग गरुन भन्ने उद्देश्यका साथ पार्टी प्यालेस संचालनमा ल्याएको पार्टी प्यालेसका अर्का संचालकले बताएका छन्। सो पार्टी प्यालेसमा नेपाली, नेवारी, भारतीय र चाईनिज सहित विभिन्न प्रकारका खाना र खाजा उपलब्ध छ। पार्टी प्यालेस संचालनमा आएसँगै लकडाउन खुल्नासाथ आन्तरिक पर्यटकको घुँईचो नै लागेको संचालक मरासिनीले जानकारी गराए। पार्टी प्यालेस संचालनमा आएसँगै आन्तरिक पर्यटकको घुँईचो लागेपटि लगानीकर्ता उत्साहित भएका छन्।
भर्खर संचालनमा आएको पार्टी प्यालेसको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले स्थानीय व्यवसायीको सक्रियतामा निर्माणको प्यालेस तथा रेष्टुरेष्टलाई व्यवसायिकता प्रदान गर्न सक्रियता पूर्वक लाग्न र व्यवसायलाई नाफामुलक भन्दा पहिचान मुलक बनाउन आग्रह गरेका छन्।