काठमाडौं। जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ । ९ करोड ९२ लाख लागतमा निर्माण गरिएको उक्त अस्पताल भवन अन्तिम चरणमा पुगेको हो।
गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९।८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ।
उक्त अस्पतात भवन निर्माण भएपछि स्थानीय सर्वसाधारणले सामान्य उपचारको लागि बाहिर जान नपर्ने उद्धेश्यका साथ सो अस्पताल भवन निर्माण गरिएको हो। अस्पताल भवन निर्माण भएपछि नजिकै स्वास्थ्य उपचार गर्न पाउने भन्दै सर्वसाधारण पनि उत्साहित भएका छन्।