ललितपुर। ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ। महानगरभित्रका विभिन्न कार्य सजिलो र सुरक्षित ढंगबाट सम्पन्न गर्नका लागि महानगरले बहुउपयोगी साधन ‘स्काई लिफ्टिङ’ ल्याएको हो।
यसको प्रयोग महानगरभित्रका बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न गरिन्छ।
महानगरले यसअघि बिरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङ्कर खरिद गरेको थियो । उक्त ट्याङ्करले बिरुवामा पानी हाल्दा धुलाम्य बिरुवा सफा देखिन्छ।
महानगरले यो ट्याङ्करबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्याङ्करबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउनका लागि यो साधन उपयोगी हुने बताएका छन्।