वीरगञ्ज। कोरोना महामारीको कारणले सिमेन्ट बजार खस्किएकोले सिमेन्ट उत्पादनमा विदेशि लगानीको खाँचो रहेको सरकारी अध्ययनले देखाएको बेला पछिल्लो समयमा स्वदेशमा नै सिमेन्ट उधोगमा ठुलो मात्रामा लगानी भइरहेको छ । बजार विस्तार हुन नसक्दा सिमेन्टमा ठुलो मात्रामा लगानी बढे पनि सिमेन्ट उत्पादनमा समस्या आएको छ । नयाँ उधोगहरुले मात्र नभएर पुराना स्वदेशी तथा विदेशी कम्पनीहरुले पनि ठुलो मात्रामा सिमेन्टमा लगानी गरेका छन् तर बजारको गती यथावत रहनाले सिमेन्ट उत्पादनमा समस्या आएको हो ।

थोरै मागमा पनि बढि प्रतिस्पर्धा भएको कारणले उधोगको गुणस्तरले पनि नपुगेर मुल्य घटाउने तयारीमा लागेका छन् । हाल ओपीसी सिमेन्टको मुल्य घटेर ६०० पुगेको छ भने पीपीसीको ५०० पुगेको छ, उधोगीहरुले नोक्सानी कम गर्नको लागी घाटा खाएर नै सिमेन्ट बेचिरहनु पर्नेअवस्था रहेको छ । प्रतिस्पर्धाको बढ्वासँगै क्लिंकरको भाउ पनि घटेको छ । नेपालमा सञ्चालनमा रहेका ६ दर्जन भन्दा बढी सिमेन्ट उधोगहरुले वर्षमा २ करोड टन सिमेन्ट उत्पादन गर्दछ तर नेपाली बजारमा यसको खपत ७०/८० हजार टन मात्र रहेको छ । उत्पादन क्षमतामा आएको अन्तरले उधोगबीच प्रतिस्पर्दा बढेको कुरा नारायणी सिमेन्ट उधोगको महाप्रबन्धकले बताए ।
कोरोनाको कारण निर्माणको कार्य अवरुद्ध भएकोले लगानी बढेतापनि माग नबढेकोले सिमेन्ट उधमीहरु चिन्तित भएका छन् । यस्ता उधमीलाई राहत दिई खपत बढाउनेको लागि विकास योजना र रणनीति चाहिन्छ । यस अघिको राष्ट्र बैंकको अध्ययनले सिमेन्ट उधोगहरुले आधा क्षमता मात्रै उत्पादन गरेको र अरु बाहिरबाट आयात भएको देखाएको थियो । हाल स्वदेशी लगानीकर्ताले ६३ दशमलव ७८ प्रतिशत क्षमता उपयोग गरेको छ भने सरकारी र विदेशी लगानी सहभागी उद्योगले क्रमशः ५० र ४५ प्रतिशतमात्र क्षमताको उत्पादन गरेको छ ।
माग भन्दा दाब्बर क्षमता सिमेन्ट उधोगको भईसकेको हुनाले विदेशि लगानी ल्याउदा स्वदेशि लगानीकर्ताहरुलाई समस्या पर्ने छ । सिमेन्ट उत्पादनमा स्वदेशि लगानी नै आत्मनिर्भर रहेकोले विदेशि लगानि ल्याउनु सञ्चालनमा रहेका उधोगहरुलाई संकटमा पार्नु हो । त्यसैले सरकारले कस्तो क्षेत्रमा विदेशि लगानी ल्याउने र कस्तो क्षेत्रमा स्वदेशि लगानीलाई प्रावधान गर्ने भन्ने कुरामा दीर्घकाली रणनीति बनाउन जरुरी छ ।