फाइल तस्बिर
लहान। लहान नगरपालिका–१० मा खुटी नहर सञ्चालनका लागि तीव्र गतिमा हेडवकर्स निर्माणको काम भइरहेको छ। नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवकर्सको काम ९० प्रतिशत पूरा भएको हो।
हेडवर्कस निर्माण आयोजनाका अनुसार हेडवर्कस निर्माणसँगै उत्तरी भेगमा १० विघाको पोखरी समेत खनिएकोले पर्यटकीय क्षेत्रको लागि प्रयोग हुने र उत्तरी तर्फ पश्चिम खुटी किनारमा रहेको दलित समुदायको वस्ती कटान समेत नियन्त्रण हुनेछ। बाँकी १० प्रतिशत कामको लागि डेढ करोड रकमको आवश्यकता रहेको र समयमा रकम निकासा भए तटबन्ध र हेडवर्कसको प्रवेशद्वारमा गेट लगाउने कार्य सम्पन्न भएपछि पानी नहरमा बग्ने आयोजनाले जनाएको छ।
खुटी नहर सञ्चालन भएपछि दक्षिणी भेगका किसानहरुको सिँचाइको लागि खुटी नहरमा बाह्रै महिना पानी बगिरहने छ। साथै लहानका दक्षिणी भेगका वडाहरूमा २, ३, ४,५,,६,७,८,११,१२ ,२९,२०,२१,२२ र २३ नम्बरका ९३० बिघा जग्गामा सिँचाइ हुन पाउने छ।