सुर्खेत। उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। सङ्घको सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट शाही अध्यक्ष पदका लागि चयन भएका हुन्।
अधिवेशनबाट शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन्। समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा नरबहादुर विक, कोषाध्यक्षमा अनिल शाही तथा सदस्यमा तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएका छन्।