काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बोन्द्र साह (बालेन) विरुद्ध प्रदर्शन गरिएको छ। सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म बालेन साहको विरोधमा र्यालीसहितको प्रर्दशन गरिएको हो।
संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सुकुम्बासीहरु विरोधमा उत्रिएका हुन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले संविधान, कानुन विपरित भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे अझै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्न समेत उनीहरुले माग गरेका छन्।