झापा । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले देशलाई विकासको दिशा दिन नसकेको आरोप लगाएका छन् ।
झापाको विर्तामोडमा सहारा नेपाल साकोसको २५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेम्वाङ्गले वर्तमान सरकारले विकासम काममा सिन्कोसम्म पनि भाच्न नसकेको बताएका हुन् ।
सरकारले संसदलाई दिशा दिन नसकेको उनको भनाइ छ । समाजलाई सम्पन्नतातर्फ उन्मुख गराउन सहकारीको ठूलो योगदान रहेको प्रष्ट पारे ।
अध्यक्ष नेम्वाङले सहकारी संस्था समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण हिस्सा भएको बताए । उनले आफू पनि विभिन्न माध्यमबाट सहकारी आन्दोलनमा जोडिएको समेत बताए ।