काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बुधबार स्थिर रहेको डलर आज ५३ पैसाले घटेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले घटेको हो । बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १९ पैसा कायम गरिएको थियो।
बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यो मूल्य बुत्रबारको तुलनामा एक रुपैयाँ १४ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६४ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ६ पैसा कायम गरिएको थियो । त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।