काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सिलिन्डर ग्याँस बोकेर प्रदर्शन गरिएको छ । विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।
सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।