सिराहा। सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयोग गरेको विद्युतको महसुल तिरिदिने भएको छ।
नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषकको सिँचाइ मिटरको विद्युत महसुलको बिल भुक्तानी गरिदिने भएको हो।
किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिकाले जनाएको छ। नगरपालिकाले निःशुल्क विद्युत उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन् ।