काठमाडौं। निर्माण व्यवसायी खगेन्द्र बुढामगर पक्राउ परेका छन्। ‘क’ श्रेणीका निर्माण व्यवसायी बुढामगरलाई बैंकिङ कसुरको केशमा प्रहरीले शुक्रबार अपरान्ह भक्तपुरबाट पक्राउ गरेको हो।
वुद्धमाया श्रेष्ठ, तारामैया गुरुङ, हरिप्रसाद कोइराला र सुनिल कुमार उपाध्यायले बुढामगरविरुद्ध जाहेरी दिएका छन्।
श्री जयन्ती निर्माण सेवा कम्पनीका सञ्चालक बुढामगर विरुद्ध करिब दुई करोडको चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी भएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बुढामगरले दिएका विभिन्न मितिका चेकहरु बाउन्स भएको थियो। पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् प्रहरीलाई रिहा हुन दबाब समेत आइरहेको बताइएको छ।