काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। आर्थिक वर्ष ०८०–८१ को बजेट तर्जुमाका लागि अर्थमन्त्री महतले समिति गठन गरी कार्यक्षेत्र समेत तोकिदिएका छन्।
भूपाल बरालको संयोजकत्वमा बजेट मस्यौदालेखन समिति गठन भएको छ। समितिमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्।