बाँके। सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको हो।
२०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका ४ वटा शाखा नहर छन् । परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ । अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटर रहेकामा अहिले ३९ किलोमिटरसम्म पानी छोडिएको छ । नरैनापुरको गङ्गापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाले जनाएको छ। सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।