काठमाडौं । निर्माण व्यवसायी बहादुर सिंह लामा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। हिम्दुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रालिका संस्थापक लामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका हुन्।
लामा २०७० सालको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७४ मा प्रतिनिधि सभामा काङ्ग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका थिए।
२०७९ मा नुवाकोट २ को २ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका लामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका नेपाली काङ्ग्रेस संसदिय दलका नेता समेत हुन्।