काठमाण्डौं। तनहुँको ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन्। व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन सुरु भएपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन्।
वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो। व्यास–१ को भवन नगरपालिकाबाट विनियोजित करिब ७० लाखको लागतमा निर्माण गरिएको थियो। स्थानीय छविजङग बंशी ठकुरीले करिब ४० लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणकार्य अघि बढाइएको थियो।
सूचना प्रविधि अधिकृत विशाल पण्डितका अनुसार नगरपालिकाको सहयोगमा जग्गा नभएका स्थानमा जग्गा खरिद र जग्गा भएका स्थानमा भवन निर्माण गरेर सबै वडालाई भाडामुक्त बनाइएको हो।