मकवानपुर। मनहरी गाउँपालिका–४, ज्यामिरेस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण भएको छ । ग्लोबल एजुकेसन फर अल दक्षिण कोरियाको सहयोगमा उक्त भवन निर्माण भएको हो।
उक्त भवन २०७५ सालबाट निर्माण सुरु भए भवन दुइतलाको रहेको छ। सो भवनको उद्घाटन छात्रावास भवनको फाउण्डेसनका अध्यक्ष डा. जोङ जेले गरेका छन्। ८० जना क्षमता रहेको सो भवन लगभग १ करोड लागतमा निर्माण गरिएको हो।
छात्रावास भवन नहुँदा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरु कोठा भाडामा लिएर बस्न बाध्य थिए। छात्रावास भवन निर्माण भएपछि सहज हुने विश्वास गरिएको छ।
छात्रावासमा अझै शौचालय, बाथरुम र फिनिसिङको काम बाँकी रहेको छ । बाँकी काम केही समयभित्र सकिनेछ बताइएको छ।