काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले श्रमदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएका छन्। मेयर साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई श्रमदानमा सहभागि हुन आग्रह गर्दै पत्र पठाएका हुन्।
मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।
उनले धरानमा विभिन्न अवसरका बाबजुत पनि खानेपानीको समस्या भने दशकौंदेखि भोग्दै आइरहेकाले उक्त समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा स्थलगत अनुगमन र सहभागिताका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेखेका छन्।

